सरकारको श्राद्ध गर्दै शारदाले तोडिन अनसन

काठमाण्डु टुडे २०७० माघ १८ गते ९:५३ मा प्रकाशित

काठमाण्डु, १८ माघ – व्याप्त भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न माग गर्दै मौन अनसनमा बसेकी शारदा भुषाल झाले अनसन तोडेकी छन् ।

माघ ६ गतेदेखि अनसनमा बसेकी झाले देशमा सरकार र न्यायपालिका मरिसकेकाले अनसनको अर्थ नरहने भन्दै अनसन तोडेको बताइन् ।

अनसन तोड्नुअघि झाले प्रधानमन्त्री निवास बालुवाटारको तीन नम्बर गेट अगाडि न्यायपालिका, व्यवस्थापिका र सरकारको श्राद्धसमेत गरिन् ।

झालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us