एमाओवादीको राष्ट्रिय सम्मेलन वैशाख १८ गते

काठमाण्डु टुडे २०७० माघ १८ गते १७:१२ मा प्रकाशित

maoist-flagकाठमाण्डु, १८ माघ – एकीकृत माओवादीले आउँदो वैशाख १८ गते मे दिवसका दिन संगठनात्मक राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

एमाओवादीको केन्द्रीय समिति बैठकले संगठनात्मक राष्ट्रिय सम्मेलनको मिति तोकेको हो ।

एमाओवादीको माघ २ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक दस्तावेजमाथि छलफल गर्ने क्रममा केन्द्रीय सदस्यहरुले राष्ट्रिय सम्मेलनको माग गरेका थिए ।

यसअघि माओवादी केन्द्रीय समिति बैठकमा चुनावमा भोगेको अनपेक्षित पराजयसँग पार्टी संगठन सुदृढिकरण तथा जनसम्बन्ध सुदृढिकरणका लागि महाधिवेशन वा राष्ट्रिय सम्मेलनमा जानुपर्ने आवाज उठेको थियो ।

बैठकले वरिष्ठ नेता बाबुराम भट्टराईले पेश गरेको ११ बुँदे र नारायणकाजी श्रेष्ठले पेश गरेको ९ बुँदे सुझाव समेट्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दस्तावेज पनि सर्वसम्मतीले पारित गरेको छ ।

बैठकले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us