यात्रु बस दुर्घटनामा तीनको मृत्यु

काठमाण्डु टुडे २०७० माघ १७ गते १२:०५ मा प्रकाशित

खोटाङ, १७ माघ – खोटाङमा भएको यात्रुबस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

काठमाण्डुबाट खोटाङ हलेसी जाँदै गरेको बा २ ख ७०६३ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बस ओखलढुंगामा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us