अज्ञात समूहद्वारा गोली प्रहार

काठमाण्डु टुडे २०७० माघ १६ गते ५:५६ मा प्रकाशित

pestolताप्लेजुङ, १६ माघ – ताप्लेजुङको खेजेनिम गाउँ विकास समितिमा एक व्यतिmमाथि गोली प्रहार भएको छ । सो गाविसको वडा नं ५ निवासी तेजबहादुर कार्कीलाई गएराति अज्ञात समूहले गोली प्रहार गरेको हो ।

खुट्टामा गोली लागेर गम्भीर घाइते भएका कार्कीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ताप्लेजुङमा उपचार सम्भव नहुने भएपछि कार्कीलाई जिल्लाबाहिर लाने तयारी गरिएको छ ।

उनको शरीरको विभिन्न भागमा पनि चोटपटक रहेको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ ।

घरमा बसिरहेको अवस्थामा गोली प्रहार भएकोे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्कीलाई कस्ले किन गोली प्रहार ग¥यो भन्नेबारे अनुसन्धान भइरहेको र गोली प्रहार गर्ने समूहको खोजीकार्यलाई तीव्रता दिएको प्रहरीले जनाएको छ  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us