पैंतालिस हजार निरक्षरलाई साक्षर बनाइने

काठमाण्डु टुडे २०७० माघ १६ गते २:४२ मा प्रकाशित

कञ्चनपुर, १६ माघ – कञ्चनपुरका निरक्षरलाई तीन महिनाभित्र साक्षर बनाइने शिक्षा कार्यालय कञ्चनपुरले जनाएको छ । निमित्त शिक्षा अधिकारी अमरराज भट्टले कञ्चनपुरका ४५ हजार निरक्षरलाई तीन महिनाभित्र साक्षर बनाइने जानकारी दिए ।

उनका अनुसार १५ वर्ष भन्दामाथिका निरक्षर महिला र पुरुष दुवैलाई साक्षर बनाइनेछ । त्यसका लागि सबै क्षेत्रमा कक्षा सञ्चालन भइसकेको निमित्त शिक्षा अधिकारी भट्टले बताए । अनौपरिचारिक शिक्षा केन्द्रको सहयोगका शिक्षा कार्यालय कञ्चनपुरले जिल्लाका ४५ हजार निरक्षरलाई साक्षर लक्ष्य लिएको छ ।

जिल्लामा १९ वटा सामुदायिक अध्ययन केन्द्रमार्फत कक्षा सञ्चालन भइरहेका छन् । एक हजार ५०० स्वयम्सेवकलाई कक्षा सञ्चालनका लागि पाँचदिने तालिम दिइसकेको शिक्षा अधिकारी भट्टले बताए । सबै गाविस र नपामा कक्षा सञ्चालन भइसकेको उनको भनाई छ ।

शिक्षा कार्यालयले आर्थिक वर्ष २०६७÷६८ मा जिल्लामा निरक्षरहरुको नामावली संकलन गरेको थियो । जसमध्ये गत वर्ष २६ हजार निरक्षरलाई साक्षर बनाइसकेको छ । ‘अब बाँकी रहेका निरक्षरलाई साक्षर बनाउने अभियानमा जुटेको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us