बस दुर्घटनामा २५ घाइते, दुई गम्भीर

काठमाण्डु टुडे २०७० माघ १५ गते ३:५८ मा प्रकाशित

चितवन, १५ माघ । चितवनको कविलासमा गएराति यात्रुवाहक बस पल्टिँदा २५ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पोखराबाट पश्चिम नेपालका लागि जान आउँदै गरेको ग १ ख ४५०१ नम्बरको रात्रिबस चितवनको मुग्लिन नारायणगढ सडकअन्तर्गत कविलासमा अनियन्त्रित भई पल्टिएर सो दुर्घटना भएको हो । बस अनियन्त्रित भई सडकबाट करिब ४५ फिट तल खसेको प्रहरीले जनाएको छ ।

बस तीव्र गतिका कारणले दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । दुर्घटनामा परी बसका चालक र सहचालकसहित २५ जना घाइते भएका छन् ।

घाइतेमध्ये बर्दियाका ४५ वर्षीया शोभा गुप्ता र सोही जिल्लाका २५ वर्षीय मुकुन्द अर्यालको अवस्था गम्भीर रहेको छ । अहिले घाइते तीनै जनाको चितवन मेडिकल कलेज र अन्य २२ जनाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us