हेलो सरकारमा उजुरीपछि स्पष्टीकरण माग

काठमाण्डु टुडे २०७० माघ १५ गते २:५७ मा प्रकाशित

hello sarkarचितवन, १५ माघ – हेलो सरकारमा उजुरी परेका चितवनका दुई संस्थाका सञ्चालकहरुलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

स्पष्टीकरण माग गरिएकाहरुमा भरतपुरको नारायणी फर्निचर र चिवा एजुकेसन कन्सलटेन्सी रहेका छन् ।

उद्योगले ध्वनि प्रदूषण गरेको भन्दै हेलो सरकारमा उजुरी परेको थियो भने कन्सल्टेन्सीले आफ्नो प्रमाणपत्र माग गर्दा पैसा माग गरेको भन्ने विषयमा उजुरी परेको हो ।

उजुरी परेपछि दुवै संस्थामा मङ्गलबार जिल्ला प्रशासन कार्यालयले अनुगमन निरीक्षणसँगै २४ घण्टाभित्र लिखित स्पष्टीकरण माग गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us