काठमाण्डु, १५ माघ – नेकपा एमालेको स्थायी समिति बैठक बुधबार बस्दैछ ।
पार्टी मुख्यालय बल्खुमा दिउँसो ३ बजेपछि बस्ने बैठकमा संसदीय दलको नेता चयन, सहमतिय सरकार गठनका लागि काँग्रेसको प्रस्ताव लगायतका विषयमा छलफल हुने बताइएको छ ।
संसदीय दलको नेता चयनमा शीर्ष नेताहरुबीच कुरा मिल्न सकिरहको छैन ।
अध्यक्ष झलनाथ खनालसँगै नेता केपी ओली संसदीय दलको नेता आफू बन्न पाउनुपर्ने अडानमा छन् ।
नेता माधव नेपाल र उपाध्यक्ष बामदेव गैतमले खनाललाई सहयोग गर्न सकिने संकेत गरेपनि केपी ओली पक्षले आगामी बैशाखमा हुने महाधिवेशन पछिको नेतृत्वमा ओलीलाई सघाउने अवस्थामा मात्रै खनाललाई सघउने अडान राखेको छ ।
खनाले सो प्रस्ताव नस्विकारे पछि ओली चुनावी प्रक्रियामै जाने मनस्थितमा पुगेको एक नेताले जानकारी दिए ।
सोही कारण ओली पक्ष खनाललाई सहजै संसदीय दलको नेता बन्न नदिने रणनीतिमा लागेको स्रोतले जनाएको छ ।