एमाओवादी केन्द्रीय समिति बैठक जारी

काठमाण्डु टुडे २०७० माघ १४ गते १४:५१ मा प्रकाशित

UCPN-Maoistकाठमाण्डु, १५ माघ – एकीकृत माओवादीको केन्द्रीय समितिको बैठक बसिरहेको छ । पार्टी मुख्यालयमा पेरिसडाँडामा जारी बैठकमा अध्यक्ष प्रचण्डले तयार पारेको पार्टीको भावी कार्ययोजना र नेताहरुको कार्यविभाजनसम्बन्धी प्रस्तावमा छलफल भइरहेको बताईएको छ । बैठकमा अध्यक्षको प्रतिवेदनमा धारणा राख्न बाँकी नेताहरुले बोल्दै छन् ।

एमाओवादीले सातौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति भंग गरी त्यसलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्ने तयारीसमेत गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा मंगलबार साँझ बसेको एमाओवादी शीर्ष नेताहरुको बैठकमा यस्तो सहमति भएको हो ।

एमाओवादीले वैशाखमा सांगठनिक अधिवेशन गर्ने गरी केन्द्रीय समिति विघटन गरी आयोजक समिति निर्माण गर्न लागेको हो ।

त्यसका लागि केन्द्रीय कार्यालयले केन्द्रीय समिति बैठकमा प्रस्ताव लैजाने एमाओवादी पूर्वमहासचिव पोष्टबहादुर बोगटीले काठमाण्डु टुडेलाई जानकारी दिए । एकीकृत माओवादीले महाधिवेशन आयोजक कमिटि ३५ सदस्सीय बनाउने तयारी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us