क्यासिनो र नाइट क्लव अपराधि जन्माउने थलो हुन् : रमेश खरेल

काठमाण्डु टुडे २०७० माघ १४ गते १२:४८ मा प्रकाशित

ramesh Kharelकाठमाण्डु, १४ माघ – मंगलबार मात्रै काठमाण्डु प्रहरी प्रमुखमा सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्ष रमेश खरेलले काठमाण्डुमा अपराध जन्माउने पहिलो थलो क्यासिनो र नाइट क्लव भएको भन्दै त्यसमाथिको नियन्त्रण आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् ।

क्यासिनो र नाइट क्लवले धेरैलाई घरबार विहीन बनाएको भन्दै खरेलले आफूले पहिले त्यस्ता ठाउँलाई नियन्त्रणमा लिने बताए ।

‘क्यासिनो र नाइट क्लव अपराधि जन्माउने थलो हुन्,’ खरेलले भने, ‘त्यस्ता ठाउँबाट धेरै आपराधिक क्रियाकलाप पनि भइरहेका छन्, हामीले त्यसलाई नियन्त्रणमा लिनु जरुरी छ ।’

बीबीसी नेपाली सेवासँगको कुराकानीमा खरेलले काठमाण्डु उपत्यकामा राजनीतिक दलको आडमा गुण्डागर्दी बढेको भन्दै त्यसलाई पनि नियन्त्रणमा लिने बताए ।

उनले त्यस्ता गुण्डागर्दी नियन्त्रण पनि आफ्नो प्राथमिकतामा रहेको भन्दै आफू कुनै डर धम्की विना काम गर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us