एमाओवादीले संगठनात्मक संरचना छरितो बनाउने

काठमाण्डु टुडे २०७० माघ १३ गते १२:४९ मा प्रकाशित

maoist-flagकाठमाण्डु, १३ पुस – एकीकृत माओवादीले हेटौडा महाधिवेशनले दिएको म्यान्डेड अनुसार सानो आकारको संगठन बनाउने नीतिलाई कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सोमबार बसेको केन्द्रीय कार्यालय, पूर्व पोलिट्व्यूरो र राज्य संयोजकहरुको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकमा धारणा राख्ने नेताहरुले पार्टी कमिटी सानो बनाएर जानुपर्नेमा जोड दिएका छन् ।

धारणा राख्ने २१ जना राज्य समिति संयोजकले सानो कमिटी बनाए मात्र जनवादी केन्द्रीयतालाई लागु गर्न र पार्टीका काम कारवाही प्रभावकारी रुपमा अघि बढाउन सजिलो हुने बताएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

पार्टीको संगठन र राजनीतिक कार्यदिशालाई माथि उठाउन ‘विशेष संगठनात्मक राष्ट्रिय सम्मेलन’ गरेर जानुपर्नेमा सहभागीहरुले जोड दिएको प्रवक्ता सापकोटाको भनाई छ । बैठकले यही नेतृत्वले नै पार्टीलाई रुपान्तरित र एकतावद्ध बनाएर लैजानुपर्ने पनि निर्णय गरेको छ ।

यसअघि बिहान प्रचण्ड निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालय र पूर्वपोलिटब्युरो सदस्यहरुको संयुक्त बैठकमा संसदीय दलको नेता पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै बनाउने सहमति भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us