घुस्याहा कर्मचारी रंगेहात पक्राउ

काठमाण्डु टुडे २०७० माघ १० गते १०:३४ मा प्रकाशित

काठमाडौं, १० माघ – चितवनमा मालपोत कार्यालयका एक कर्मचारी घुस लिँदा लिँदै पक्राउ परेका छन् ।

मालपोत कार्यालय चितवनका मुद्दा फाँटका नायब सुब्बा रामप्रसाद न्यौपानेलाई घुस लिँदा लिँदै अख्तियारले पक्रेको हो ।

भरतपुर नगरपालिका वडा १० बस्ने रत्नकुमारी पोखरेलसँग जग्गा दाखिल खारेज गर्ने कामको सिलसिलामा ८ हजार रुपैयाँ लिँदा लिंदै उनी रंगेहात पक्राउ परेको र अहिले अनुसन्धानको सिलसिलामा आयोगले हिरासतमा राखेको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us