माछा चाहियो ? त्यसो भए पहिले सेक्स गर

काठमाण्डु टुडे २०७० पुष २६ गते ५:१३ मा प्रकाशित

fisherwomanमाछा चाहियो ? त्यसो भए पहिले सेक्स गर । यो सुन्दा तपाईंलाई अच्चम लाग्न सक्छ । तर सत्य कुरा यही नै हो । माझीहरुसँग सेक्स गरेपछि मात्र पाइने माछा बजारमा बेचेर जीबन धान्नुपर्ने बाध्यता छ महिलाहरुमा । माझीहरुसँग सेक्स नगरी माछा नपाइने भएकाले पनि हातमुख जोर्न महिलाहरु यस्तो गर्न बाध्य छन् ।

माछासँग देह साट्नुपर्ने यो परम्परा केन्याको हो । यसलाई स्थानीय भाषामा ‘जाबोया’ भनिन्छ ।

समुद्री किनारमा माछाको कारोबार गर्दै आएका केन्याको पश्चिमी लेक भिक्टोरिया इलाकाका महिलाहरु स्थानीय माझीहरुसँग सेक्स गर्छन् र माझीहरुबाट पाउने ताजा माछा बजारमा बेचेर छाक टार्छन् । हाल सो इलाकामा एचआईभीरएड्सले भयावह रुप लिएको छ । त्यसैले अब यो परम्परा तोड्न स्थानीय महिलाहरु संगठीत हुन थालेका छन् ।

स्थानीय समाचार पत्र स्टारका अनुसार एचआईभीको मुख्य जिम्मेदार यही परम्परा हो भन्ने निष्कर्ष निकालेर त्यहाँका महिलाहरुले सेक्स गरेर माछा साट्ने परम्परा विरुद्ध अभियान शुरु गरेका छन् । ‘भिक्टोरिया इन्स्टीट्यूट फर रिसर्च एन्ड इनभायरमेन्ट डेभलपमेन्ट इन्टरनेशनल’ नामको संस्थाले यस विरुद्ध विशेष सकृयता देखाएको छ । सो संस्थाले माछाको कारोबार गर्ने महिलाहरुलाई डुङ्गा वितरण गर्न सुरु गरेको छ । ताकी आफै डुङ्गा चलाएर उनीहरुले माछा मार्न सकुन् र माझीहरुसँग सेक्स गर्न बाध्य नहुन् ।

संस्थाले डुङ्गाको पैसा किस्ताबन्दीमा तिर्ने व्यवस्था गरिदिएको छ । पूरै किस्ता तिरेपछि सो डुङ्गा उनीहरुको व्यक्तिगत हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us