चुनावमा आकस्मिक उपचारका लागि तयारी पूरा

काठमाण्डु टुडे २०७० मंसिर ३ गते १४:२१ मा प्रकाशित

काठमाण्डु, ३ मंसीर । निर्वाचनका समयमा हुनसक्ने आकस्मिक घटनामा उपचारका लागि सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सो मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा अक्सिजन, औषधि, उपकरण लगायतका उपचार सामग्रीकासाथै चिकित्सक र स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखिएको जनाएको छ ।

मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विद्याधर मल्लिकको नेतृत्वमा गएको अनुगमन समितिले सो निर्वाचनका सन्दर्भमा कुनै घटना–दुर्घटनामा परी स्वास्थ्योपचार गराइरहेका विरामीलाई सम्बन्धित अस्पतालमै पुगी अनुगमन गरेको जनाएको छ । मन्त्रालयले यसै सन्दर्भमा देशभरका अन्य अस्पतालमा उपचार गराइरहेका विरामीको बारेमा जानकारी लिएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us