काठमाण्डु, ३ मंसिर–रुसको कजान सहरमा विमान दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको छ । मस्कोबाट यात्रु लिएर आएको बोइंग ७३७ विमान कजान सहरमा रहेको विमानस्थलमा अवतरण गर्ने क्रममा विस्फोट भएको थियो ।
विमानमा सवार ४४ यात्रु तथा चालक दलका ६ सदस्यको मृत्यु भएको रुसी अधिकारीले बताएका छन् । मृत्यु हुनेमा दुई बालक पनि रहेका छन् ।
विमान के कारणले दुर्घटना भएको भन्ने थाहा हुन सकेको छैन । यसैबीच रुसी राष्ट्रपति भल्लादिमिर पुटिनले दुर्घटनामा मारिएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
सीरियामा ३१ जना मारिए
यसैगरी सीरियाको राजधानी दमास्कसमा भएको बम विष्फोटमा कम्तिमा ३१ जना मारिएका छन् ।
यस्तै इजिप्टको राजधानी कायरोको दक्षिणी क्षेत्रमा रेल र मिनि बस आपसमा ठक्कर खाँदा कम्तिमा २० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।