लोकेन्द्रलाई ९२ बर्षीया बृद्धाले भनिन–जितेर राष्ट्र बनाउनु

काठमाण्डु टुडे २०७० कार्तिक १९ गते ३:३६ मा प्रकाशित

Lokendra 5म्याग्दी, कात्तिक–म्याग्दीको बेगखोला गाविसमा ९२ बर्षिया गंगा पुर्जाले एकिकृत माओवादीका बरिष्ठ केन्द्रिय सदस्य लोकेन्द्र विष्ट मगरलाई जितका लागी आशिर्वाद दिईन । पुर्जाले भनिन् ‘तिमीले जित्छौ बाबु,जितेपछि जिल्ला मात्रै होईन तिमीले राष्ट्र बनाउनु पर्छ ’ तपाईको लागी म के गर्न सक्छु आमा भन्ने विष्टको प्रश्नमा वृद्ध पुर्जाले भनिन् ‘म त मर्ने बेला भयो,म जस्ता बुढा,बुढीको भत्ता बढाईदेउ अरु केहि गर्नु पर्दैन’ ।
बिष्टमगरले वालुटारमा केन्द्रित शासन ब्यवस्थालाई जनताको घरघरमा पु¥याउनका लागी संविधानसभाको निर्वाचन आवश्यक भएको बताए । २०४७ सालको संविधानले शासन ब्यबस्थालाई वालुवाटार र सिंहदरबारमा मात्रै केन्द्रित गरेको भन्दै उनले संघीयतासहितको जनमुखी संविधान निर्माण भएमा शासन ब्यवस्था विकेन्द्रत हुने र त्यसले शोषण तथा भ्रष्टाचारको अन्त्य हुने बताए । एमाले र कांग्रसले २०४७ सालकै संविधानमा हेरफेर गर्ने प्रस्ताव ल्याएको र त्यसलाई आफ्नो पार्टीले अस्वीकार गरेका कारण पहिलो संबिधानसभा बिघटन भएको उनले बताए । ‘पहिचान तपाई हाम्रो प्राण हो,त्यसैले पहिचान बिनाको राष्ट्रको अर्थ रहन्न’उनले भने ।

हाई प्रोफाईलका मान्छे नपुग्ने गुर्जाखानीमामा पुगेर एमाओवादीका नेता लोकेन्द्र विष्ट मगरले एउटा उखान भनि दिए ‘गुर्जा माथी गाउ“ छैन,टुप्पिमाथी ठाउ“ छैन ।’ त्यो उखानले त्यहा“का जनता निकै उत्साहित भए ।
‘शुरुमा मलाई पनि पल्सर मोटरसाईकल र लाखका बिटाको प्रस्ताव आएको थियो,तर मैले त्यसलाई अस्वीकार गरे“’विष्टले भने । स्थानीय क्लव र जनतालाई पैसा बा“डेर भोट किन्न पल्केका पुर्व पञ्च र राजावादीहरुलाई विष्टको उम्मेद्वारी अप्ठयारो भएको छ । ‘अन्य दलका उम्मेद्वार र एमाओवादीको उम्मेद्वारका वीचमा आकाश जमीनको फरक पाएकाछौ’दर्बाङं बजारकी ईन्द्रमाया पुनले भनिन्‘अरु दलका आए हल्ला खल्ला गरे गए तर विष्टले जनताको संविधान निर्माणमा लाग्ने र बेनी–दर्वाङ  धुलेरोडलाई स्तरउन्नती गर्ने  कुरा गरे ।’ माओवादी अध्यक्ष प्रचण्डका शब्दमा विष्टले पहिलो संविधानसभामा मिनी संविधानसभा भनेर चिनिने राज्य पुनसंरचना तथा शासकीय स्वरुप निर्धारण समितिको सभापति हु“दा आफुलाई प्रमाणित गरीसकेका छन् ।Lokendra-Bist-at-Myagdi
बेनिबजारको घरदैलोमा विष्टले सडकमा पाल ओछ्याएर पसल गरीबस्ने एक महिलालाई नमस्कार गरे । नमस्कार फर्काउ“दै ती ५५ बर्षिया योगमाया वि.क.ले भनिन् ‘हामीस“ग त माग्नै पर्दैन नी सर,हामी त एकछापे’ । योगमाया हा“सिन,विष्ट पनि स“गै हा“से । यस्ता संवाद दिनमा दुई सय जति सुन्न पाईन्छ विष्टका अभियानका सहयात्री अञ्जन पराजुलीले भने ।
महाविर पुनको नाम स“ग जोडीएको जिल्ला भएपनि वायरलेस इन्टरनेटले काम नगरेर हैरानी बेहोर्नुपर्छ ।  यहा“का प्राकृतिक स्रोत र साधनको मात्रै  सदुपयोग गर्न  सकेमा म्याग्दीको मुहार फेरीने पक्का छ । ‘एमाओवादीका पुर्व पोलिटब्युरो सदस्य र मगरा“त राज्य समितीको ईन्चार्ज समेत भएकाले विष्ट संभावना बोकेका नेता हुन त्यसैले उ“हालाई एकछापे मतले जिताउनु नै हाम्रो हितमा हुनेछ’ बाबियाचौरका लक्षिण मल्लले भने । जनताको एकछापेको गुञ्जन र कार्यकर्ताको उत्साह देखेर विष्ट पनि हौसिएका छन् । त्यसैलेत आफ्ना अध्यक्ष प्रचण्ड बेनी आउनु अघिको टेलिफोन संवादमा उनले भने‘जित्न कुरा त भैहाल्यो कमरेड तर तपाई पनि आएपछि त डिस्टिङ्सन नै ल्याइन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us