लिवियाका पूर्वशासक गद्दाफीकी श्रीमतीले मागिन् पति र छोराको लाश

काठमाण्डु टुडे २०७० कार्तिक ६ गते ४:१७ मा प्रकाशित

काठमाण्डु, ६ कात्तिक–लिवियाका पूर्वशासक मुअमर गद्दाफीकी श्रीमतीले आफ्नो पति र छोराको मृत शरिर उपलब्ध गराइदिन अन्तराष्ट्रिय समुदायसँग अपील गरेकी छन् । गद्दाफीको हत्या भएको दोस्रो बर्षगाँठको सन्दर्भमा गद्दाफीकी श्रीमती साफियाले भ्वाइस अफ रसिया रेडियोको वेबसाइट मार्फत् संयुक्त राष्ट्रसंघ र युरोपीयन युनियनसँग यस्तो माग गरेकी हुन् । उनले आफ्नो पति र छोराको हत्याको निष्पक्ष जाँच गर्न पनि माग गरेकी छन् ।

लिवियाका विद्रोहीहरुले २० अक्टुबर सन् २०११ मा गद्दाफी र उनका छोरो मुतास्मिको हत्या गरेका थिए । यी बाबु छोराको शवलाई पोर्ट अफ मिसराटाहमा सार्बजनिक प्रदर्शनमा राखेर अज्ञात स्थलमा लगेर गाडिएको थियो । योसँगै लिवियामा गद्दाफीको ४० बर्षदेखिको शासन अन्त्य भएको थियो । गद्दाफीमाथि आफ्ना विरोधीहरुलाई दमन गरेको आरोप लाग्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us