जसले अस्पताल बाहिर घाँसमा जन्माइन् बच्चा

काठमाण्डु टुडे २०७० असोज २४ गते ८:४६ मा प्रकाशित

mexico1_Erma-Lopezकाठमाण्डु–प्रसव पीडा महिलाको सबैभन्दा कष्टपूर्ण क्षण हो । भनिन्छ त्यतिबेला महिलाहरुको एउटा खुट्टा घरको संघार भित्र र अर्को संघार बाहिर हुन्छ । यसो भन्नुको मतलव के भने, बच्चा जन्माउने बेला गर्भवति महिलाको बँच्ने र मर्ने सम्भावना ५०–५० प्रतिशत हुन्छ । हुनत आजभोली अस्पताल र स्वास्थ्य चौकीमा गरिने उपचारले जोखिमलाई न्यून गरिसकेका छन् । आजभोली गर्भधारणदेखि बच्चा जन्मिसकेपछि पनि आमा र बच्चा दुवैलाई चिकीत्सकको नियमित निगरानीमा राखेर उपचार गरिन्छ । तर, प्रसव पीडापछि उपचार सेवा पाउने आकांक्षा सहित अस्पताल पुगेकोबेला चिकीत्सकहरुले उपचार गर्न इन्कार गरी फर्काइदिएपछि झन् कस्तो होला ?

यस्तै पीडा भोगेकी छन् मेक्सिकोकी एक महिलाले । प्रसव पीडा शुरु भएपछि मेक्सिकोकी एक महिला उपचारकालागि अस्पताल पुगिन् तर, उनले उपचार सेवा पाउनु त कता हो कता उल्टै चिकीत्सकको खप्की खाएर अस्पतालबाट बाहिरिनु पर्यो । त्यसको केही समयपछि नै उनले अस्पतालको घाँसे मैदानमा बच्चालाई जन्मदिन वाध्य भइन् ।

Erma-Lopez-mexico2

यो सबै देखिरहेका एक व्यक्तिले आफ्नो क्यामरामा फोटो कैद गरे । तस्विरमा देखिएकी यी महिलाको नाम इरमा लोपेज हो । उनको अनुहारमा प्रसव पीडा प्रष्ट देखिन्छ । उनको बच्चा घाँसमा छ । लोपेजलाई अस्पताल भर्ना नगरेकोमा अस्पतालका डाइरेक्टर अद्रियान क्रुजलाई फिलिपिन्स सरकारले बर्खास्त गरेर घटनाको विस्तृत अनुसन्धान गर्न आदेश दिएको छ ।

तीन बच्चाकी आमा लोपेज डेलिभरीकालागि २ अक्टुबरमा गाउँको एक स्वास्थ्य चौकीमा आफ्नो पतिको साथमा गएकी थिइन् । तर चिकीत्सक र नर्सहरुले गर्भ ८ महिनाको मात्रै भएको भन्दै भर्ना गर्न इन्कार गरे । ति दम्पत्तिलाई स्पेनिस भाषा आउँदैनथ्यो । चिकीत्सक र नर्सहरुले भनेको कुरा उनीहरुले बुझेनन् । उनीहरुले केबल ‘हुँदैन’ भनेको कुरा मात्रै बुझे र स्वास्थ्य संस्थाबाट बाहिरिए ।

त्यसको डेढ घण्टामै महिलाको एमनियोटिक थैली फाट्यो । बच्चा जन्मिदा यो थैली फाट्ने गर्दछ । यसलाई वाटर ब्रेकिङ भनिन्छ । लोपेजलाई आभास भयो की अब बच्चा जन्मिने समय भैसक्यो । उनी स्वास्थ्य संस्थाबाट बाहिर निस्किन् । उनले घाँसलाई आफ्नो मुठ्ठीमा कसीन् र ‘पुश’ गर्न थालिन् । त्यतिबेला उनी एक्ली थिइन् । उनका श्रीमान् नर्सहरुसँग मद्दत माग्न गएका थिए ।

यो तस्विर कैद गरेका एक व्यक्तिले आफ्नो फोटो प्रेसलाई दिए । अहिले यसले विश्वभर नै सनसनी मच्चाएको छ । मानव अधिकार आयोगले पनि घटनाको अनुसन्धान गर्न शुरु गरेको छ ।  –एजेन्सीको सहयोगमा ।

Erma-Lopez-mexico3

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us