अमेरिकाबाट अराजकता र चीनबाट स्थिरताको संकेत

काठमाण्डु टुडे २०७० असोज १९ गते ७:५३ मा प्रकाशित

china US Flagवासिङटन–अमेरिकी अस्तव्यस्ताले उसको सुरक्षामा चुनौती थप्दै लगेको छ । बिश्व राजनीतिमा यतिवेला वासिङ्टनबाट अराजकताको सङ्केत भन्दा चीनबाट आएको स्थिरताको सङ्केत प्रवाह भइरहेको बिश्लेषण हुन थालेको छ ।
काउन्सिल अन फोरेन रिलेसनका अध्यक्ष रिचर्ड ह्यासले आफ्नो वेबसाइटमा अमेरिकाबाट उसका सहयोगीलाई उसले सहयोग गर्न नसक्ने सन्देश गएको उल्लेख गरेका छन । यसले अमेरिकी राजनीतिक नमुनाप्रतिको आकर्षण घटेको र अमेरिकी अनुमान गर्न सकिने तथा ऊमाथि भरपर्ने कुरामा नयाँ प्रश्न उठेको धारणा उनले व्यक्त गरेका छन ।
आफ्नो प्रशासनले एसियामा प्रमुख विस्तारको नीतिलाई बल पु¥याउन राष्ट्रपति ओबामाले गर्न खोजेको भ्रमणलाई सरकारको कामकाज रोकिएको कारण रद्द गर्नु परेको छ । विश्लेषकहरूले भ्रमण रोक्नुपर्ने कारण विश्वव्यापी नीतिको अगाडि ठूलो नभएको बताएका छन् ।
सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेसनल स्टडिजका अर्नेस्ट बोअरले चीन तथा अमेरिकी मित्र, रणनीतिक साझेदार तथा नजिकका मित्रले अमेरिकामा भइरहेका कुराको विस्तारमा जान्न नचाहने र एसियाले अमेरिकी राष्ट्रपति वार्षिक बैठकमा उपस्थित हुन नसक्ने भन्ने कुरालाई मात्र बुझ्ने बताए । यसको सन्देश गएको र उच्चस्तरमा प्रत्यक्ष रूपमा कुरा गर्ने अवसर गुमेको उनको भनाई छ ।
सिरियामा द्वन्द्व तथा इरानको पारमाणविक कार्यक्रमको विषयमा इन्डोनेसियाको बालीमा राष्ट्रपति ओबामासँग रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले छलफल गर्न नपाउने कुराप्रति मस्कोले चिन्ता व्यक्त गरेको छ । राष्ट्रपति ओबामाको स्थान विदेशमन्त्री जोन केरीले लिएका छन । उनको ध्यान मध्यपूर्वमा परेको छ । यसले सबैको ध्यान चीनका राष्ट्रपति सी जिनपिङमा पारेको छ ।
सिङ्गापुरको इन्स्टिच्युट अफ साउथइस्ट एसियन स्टडिजका इयान स्टोरीले चिनियाँ राष्ट्रपति सीले मञ्च आफ्नो लागि प्रयोग गर्ने र अमेरिका, उसको राजनीतिक प्रणाली तथा प्रजातन्त्र कमजोर भएको देखाउने बताए ।
अमेरिकी विदेश मन्त्रालयले यस कुरालाई स्वीकार गरेको छ र उसका राजदूत तथा कूटनीतिज्ञहरूले आफ्ना साझेदारहरूमा अमेरिकी बचनबद्धता कायम राख्न प्रयास गरिरहेको बताइएको छ ।
विदेश विभागको भ्रमण कार्यक्रम कटौती हुँदैछ र यसको पछिल्लो प्रभाव युरोपेली महासङ्घ तथा अमेरिकी स्वतन्त्र व्यापार सम्झौताका लागि दोस्रो चरणको वार्तामा पर्ने देखिएको छ ।
अमेरिकाले प्रतिनिधि पठाउन नसकेकाले आउँदो साता ब्रसेल्समा हुने वार्ता रद्द भएको जानकारी युरोपेली व्यापार आयुक्त कारेल डी गचले दिए । यस बन्दले अमेरिकी क्षेत्रीय साझेदार तथा इजरायल तथा इजिप्टलाई कोष उपलब्ध गराउने कुरामा पनि प्रभाव पारेको छ ।
अमेरिकी सरकारी कामकाज बन्द हुँदा तथा राष्ट्रपति बाराक ओबामाले एसियाको लागि तय गरेको प्रमुख भ्रमण रद्द गर्दा विश्वमा अमेरिकी मित्र तथा शत्रुमाथिको वासिङटनको प्रभाव गम्भीर रूपमा कम हुन थालेको धारणा विश्लेषहरूले व्यक्त गरेका छन् ।
यस समस्याको केहीले अझै पनि तत्कालै समाधान देखेका छैनन् भने यसले विश्वको सबैभन्दा ठूलो शक्ति मुलुकको यो राजनीतिक अव्यवस्थापनले उसको राष्ट्रिय सुरक्षामा प्रमुख चुनौती देखा परेको छ । अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता म्यारी हार्फले यस बन्दको क्षतिकारक प्रभाव रहेको र त्यो अमेरिकाको अन्तर्राष्ट्रिय अडानमा वास्तवमै नकारात्मक प्रभावयुक्त रहेको बताए ।
मेक्सिको, भारत, स्पेन, ताइवानका समाचारपत्रहरूमा अमेरिकी विषम परिस्थितिका विषयका समाचाहरू पढेर उनले संसदमा अमेरिकी असमान्य परिस्थितिको बारेमा छलफल भए पनि त्यसले बाहिर विश्वमा नकारात्मक सन्देश दिएको बताए ।
प्रजातन्त्र, वाक स्वतन्त्रता, पारदर्शी सरकारको बारेमा निरन्तर रूपमा कुरा गरिरहेको मुलुकमा अमेरिका आफैँले लागु गरेको अवरुद्धपनालाई अरुचिको रूपमा हेरिएको छ । रासस÷एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us