प्रवास

इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह

२०८१ वैशाख २ गते १४:२४

काठमाण्डु, २ वैशाख– इजरायलस्थित नेपाली राजदूतावासले इजराईलमा रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । आज (आइतबार) बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा ड्रोन आक्रमण सुरु गरेपछि नेपाली दूतावासले सार्वजनिक सूचना जारी गरी...

कुवेतमा कारको ठक्करबाट ३ नेपालीको मृत्यु

२०८० चैत १ गते १०:३९

काठमाण्डु, १ चैत– कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं सानो भर्‍याङ्गका सुजन कार्की, पन्चदेवल विनायक–५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर रहेको बताइएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजेतिर भएको दुर्घटनामा...

म्यानपावरले दुस्ख दिँदा एक नेपाली कतारको जेल बस्न बाध्य

२०८० माघ २९ गते १७:३२

काठमाण्डु, २९ माघ– पाँचथर फिदिमकी श्रमिक सीता लावतीले ३० हजार पैसा माया मार्न नसकेर कतार पुग्नु परेको बताएकी छन् । बिहीबार काठमाण्डुमा आयोजित ‘कान्तिपुर इम्प्लोयमेन्ट, माइग्रेसन एन्ड रेमिट’ सम्मेलनको तेस्रो सत्र, फ्रि टिकट, फ्रि भिसास् अवसर कि अवरोधु कार्यक्रममा बोल्दै उनले विश्वासका आधारमा म्यानपावरलाई...

दुर्घाटनामा परेर उपचार नपाउँदा पोर्चुगलमा एक नेपाली महिलाको बिचल्ली

२०८० माघ २७ गते १५:४६

काठमाण्डु, २७ माघ– रोजगारीका लागि पोर्चुगलमा पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा परेकी छिन् । वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी सिन्धुली जिल्ला मरिण–३ की २९ वर्षीया सुस्मिता मोक्तान उपचार अभावमा बिचल्लीमा परेकी हुन् । सडक...

बेलायतमा आगलागीमा परी नेपाली दिदीबहिनीको मृत्यु

२०८० माघ २० गते १५:४३

काठमाण्ड, २० माघ– बोलायतको एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका नेपाली आँचल सुवेदी र शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा मृत्‍यु भएको स्थानीय प्रहरीले पुष्टी गरेको छ । शिक्षा २४ वर्ष र आँचल २८ वर्षका हुन्। उनीहरुका पिता पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा यज्ञप्रसाद...

लण्डनमा एक नेपाली युवा मृत फेला

२०८० माघ १२ गते १७:४२

काठमाण्डु, १२ माघ– लन्डनमा एक नेपाली युवा मृत अवस्थामा भेटिएका छन । २५ वर्षीय सन्दीप तामाङको शव जनवरी २० मा भेटिएको हो । मृतक तामाङको शव बुझ्न प्रहरीले आफन्तको खोजी गरिरहेको प्रहरीले जनाएको छ । बुधबार लन्डन हेज क्षेत्रको प्रहरीले लन्डनस्थित नेपाली दूतावासलाई इमेलमार्फत...

पोर्चुगलमा नेपालीद्वारा नेपालीकै हत्या

२०८० मंसिर ९ गते ९:०३

पोर्चुगल–पोर्चुगलमा एक नेपालीले आफ्नै साथीको हत्या गरेका छन् । कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीकोछुरा प्रहारबाट मृत्यु भएको हो । उनलाई पोर्चुगलको ओडिमिरास्थित बोआभिस्तामा सॅगैवबस्दै आएका क्पुतलीबजार–१२ पेल्काचौरका३० वर्षीय लोकेन्द्र गुरूङले गत मङ्गलबार राति छुरा प्रहार गरेका थिए । गम्गीर घाइते क्षेत्रीको...

क्यालिफोर्नियामा कन्सुलर कार्यालय राख्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२०८० असोज ६ गते १८:२१

क्यालिफोर्निया-गैरआवासीय नेपाली  संघ, क्यालिफोर्निया च्याप्टरले नेपालीहरुको बाक्लो उपस्थिति रहेको क्यालिफोर्निया राज्यमा कन्सुलर कार्यालय स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेको छ । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क आएका प्रधानमन्त्री प्रचण्डलाई क्यालिफोर्निया च्याप्टरले अनुरोध पत्र बुझाउँदै एक लाख नेपाली रहेको सो ठाउँमा...

साउदी अरबस्थित अमेरिकी दूतावासमा गोली चल्यो, एक नेपाली सुरक्षा गार्डको मृत्यु

२०८० असार १४ गते ९:४५

साउदी– साउदी अरबको जेद्दास्थित अमेरिकी महावाणिज्य दूतावासमा गोली चल्दा नेपाली सुरक्षागार्डको मृत्यु भएको छ । बन्दुकधारीसँगको दोहोरो गोली हानाहानमा गम्भीर घाइते नेपाली सुरक्षागार्डको उपचारका क्रममा मृत्यु भएको हो । बुधबार दूतावास भवननजिकै एक व्यक्तिले कार रोकेर बन्दुकधारीले गोली चलाएको अलजजिराले जनाएको छ । सुरक्षागार्ड...

जापानमा नेपाली विद्यार्थी मृत फेला

२०८० असार ६ गते ९:०५

टोकियो–जापानमा नेपाली विद्यार्थीको बुधबार रहस्यमय मृत्यु भएको छ । जापानको इबाराकीको चुकुवा सिटी कानामेमा रूकुमका ३४ वर्षीय अमृत बुढा मृत फेला परेका हुन् । कार्यरत कम्पनीले बुढा काममा नगएपछि प्रहरीमा खबर गरेको र कोठा फुटाएर हेर्दा मृत फेला परेको एनआरएनए जापानका वरिष्ठउपाध्यक्ष नवीन निउरेले...

महोत्तरीमा एक भारतीय नागरिक मृत फेला

२०८० जेठ १८ गते १२:३६

काठमाण्डु, १८ जेठ-महोत्तरीमा एक जना भारतीय मृत फेला परेका छन् । बुधबार भारत उत्तर प्रदेश कानपुर देहात बस्ने ७० वर्षीय जरदान नाथ महोत्तरी गौशाला नगरपालिका९१ रामनगरस्थित पूर्वेश्वर महादेव मन्दिरको प्रतिक्षालयमा मृत फेला परेका हुन् । प्रहरीका अनुसार उनी गाउँ घरमा सर्प खेलाउँदै हिंड्थे ।...

पोर्चुगलमा सुतेकै अवस्थामा नेपाली युवाको मृत्यु

२०८० जेठ ८ गते १६:५५

लिस्बन- वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल गएका एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा  बाँके खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटी रहेका छन। उनको  गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो।साराङकोटी आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us