प्रचण्ड–नेपाल समूहका शीर्ष नेता सिंहदरबारमा, कानून व्यवसायीसँग छलफल

काठमाण्डु टुडे २०७७ फागुन २३ गते १९:४२ मा प्रकाशित

काठमाण्डु, २३ फागुन– नेकपा प्रचण्ड–नेपाल समूहले आफ्नो पार्टी खारेज गर्ने सर्वोच्च अदालतको फैसलाबारे कानून व्यवसायीसँग परामर्श गरेको छ ।

सिंहदरबारमा जारी परामर्शमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, भीम रावल, देव गुरुङलगायत छन् । संसद् बैठक बहिस्कार गरेर नेताहरु कानून व्यवसायीसँग छलफल गर्न सिंहदरबार पुगेका थिए ।

छलफलमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमणकुमार श्रेष्ठ, टीकाराम भट्टराई, मुक्ति प्रधानलगायत सहभागी छन् । सर्वोच्च अदालतले आइतबार केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दर्ता खारेज गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधता दिने फैसला गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us