बहिस्कार र अवरोधका कारण संसद बैठक २६ गतेसम्मका लागि स्थगित

काठमाण्डु टुडे २०७७ फागुन २३ गते १९:०८ मा प्रकाशित

काठमाण्डु, २३ फागुन–सर्वोच्च अदातलले पुर्नस्थापना गरेपछि आइतबार पहिलोपटक बसेको संसद बैठक आगामी फागुन २६ गतेसम्मका लागि स्थगित भएको छ ।

संसद छलेर असंवैधानिक रुपमा ल्याइएको अध्यादेश बैठकको कार्यसूचीमा राखिएको भन्दै प्रतिपक्षी काँग्रेस र जनता समाजवादी पार्टीले नाराबाजीसहित रोष्ट्रम घेराउ गरेपछि सभामुख अग्नि सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए । तर, पछि संसद सचिवालयले सूचना टाँस गर्दै संसद बैठक फागुन २६ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको जनाएको हो ।

नेकपा प्रचण्ड–नेपाल पक्षका सांसद भने काँग्रेस र जसपाले नाराबाजी गर्नुअघि नै बैठक स्थल छाडेर बाहिरिएका थिए । उनीहरुको पनि अध्यादेश कार्यसूचीमा राखिएकामा आपत्ति थियो । बैठकस्थलबाट बाहिरिनुअघि विशेष समयमा बोलदै नेकपा सांसद भीम रावलले असंवैधानिक रुपमा ल्याइएको अध्यादेश कार्यसूचीमा राखिएको भन्दै आपत्ति जनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us