प्रचण्ड–नेपाल समूको संसदीय दल बैठक, ओली पक्षका सांसदलाई समेत निम्ता

काठमाण्डु टुडे २०७७ फागुन २१ गते ११:०२ मा प्रकाशित

काठमाण्डु, २१ फागुन– नेकपाको प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ ।

दल बैठकमा सहभागी हुन संसदहरुलाई इमाले, एसएमएस र टेलिफोनमार्फ खबर गरिएको छ । अपराह्न १ बजे सिंहदरबारमा बोलाइएको बैठकमा पार्टी विभाजनमा केपी ओली समूहतिर लागेका सांसदहरुलाई समेत आमन्त्रण गरिएको छ ।

बैठकमा शीर्ष नेताहरुले २३ फागुनमा सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे सांसदहरुलाई निर्देशनात्मक प्रशिक्षण दिने कार्यक्रम रहेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

उक्त समूहले केपी ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई दल नेता चयन गरिसकेको छ । प्रचण्डको अध्यक्षतामा बस्ने बैठकमा ओलीविरुद्ध अविश्वास प्रस्ताव कसरी अघि बढाउने भन्नेबारे समेत छलफल हुनेछ ।

यसअघि ओलीले प्रतिनिधिसभा विघटन सिफारिस गरेकै दि नगत ५ पुसमा प्रचण्ड–नेपाल पक्षका ८२ सांसदले संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्ताव नै अघि बढाउने वा त्यसलाई फिर्ता लिएर नयाँ प्रस्ताव लाने भन्नेबारे सो समूह अझै निर्णयमा पुगिसकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us