विप्लव समूहका नेता अनिल बिरही रिहा

काठमाण्डु टुडे २०७७ माघ ११ गते २२:०८ मा प्रकाशित

काठमाण्डु, ११ माघ– विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा बिरही रिहा भएका छन् ।

मोरङ जिल्ला अदालतले शर्मालाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । बिरहीलाई प्रहरीले गत वैशाखमा चितवनस्थित भरतपुर अस्पतालबाट उपचारका क्रममा प्रक्राउ गरेको थियो । यसअघि बिहरीलाई शुक्रबार मात्र काभ्रे जिल्ला अदालतले रिहा गर्न आदेश दिएको थियो ।

तर, लगत्तै पक्राउ गरी उनलाई अर्कै मुद्दामा कारबाही गर्न मोरङ लगिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us