प्रधानमन्त्री ओलीविरुद्ध अदातलको अवहेलना मुद्दा

काठमाण्डु टुडे २०७७ माघ ११ गते १६:२९ मा प्रकाशित

काठमाण्डु, ११ माघ– प्रधानमन्त्री केपी ओलीविरुद्ध अदालतको मानहानी मुद्दा परेको छ ।

वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्ने अभिव्यक्ति दिँदै हिंडेको भन्दै मानहानीको मुद्दा लिएर सर्वोच्च अदालत पुगेका हुन् । रिटमा प्रधानमन्त्री ओलीमाथि न्याय परिषद् ऐन– २०७३ को दफा १७ अनुसार हदैसम्मको सजाय माग गरिएको छ ।

यस्तै ओलीले संवैधाजिक इजलासमा जारी बहसलाई ‘तमासा’ र बहसमा सहभागी अधिवक्तालाई एक जना बाजेलाई लिएर गएछन् भन्ने निन्दायुक्त शब्दको प्रयोग गरेर कानून व्यवसायी र अदालतलाई हास्य पात्रको रुपमा प्रस्तुत गरेर नेपालको संविधानको धारा १२८ को उपधारा ४ बमोजिम अदालत र इजलासमो अवहेलना गरेको आरोप ओलीमाथि लगाइको छ ।

‘निज प्रधानमन्त्रीको पदमा आसिन खड्गप्रसाद शर्मा ओलीले प्रयोग गरेका शब्द, लजब र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अवहेलना भएकोले उहाँलाई अवहेलनामा कारबाही गरी सदाज समेत गरी पाउन सादर अनुरोध गर्दछु’, निवेदनमा भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us