बलात्कार आरोपमा वडाअध्यक्ष पक्राउ

काठमाण्डु टुडे २०७७ माघ ११ गते ८:३१ मा प्रकाशित

भक्तपुर, ११ माघ– रामेछापको मन्थली नगरपालिका–१० का वडाअध्यक्ष भरतबहादुर बोहरा बलात्कार आरोपमा पक्राउ परेका छन् ।

बोहरामाथि १० दिनअघि भक्तपुर सानोठिमीस्थित डेरामा आफूलाई बलात्कार गरेको भन्दै एक महिलाले प्रहरी वृत ठिमीमा उजुरी दिएकी थिइन् । रामेछाप प्रहरीको समन्वयमा बोहरालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख डिएसपी ऋषिराम कँडेलले जानकारी दिए ।

बोहरामाथि जर्बजस्तीकरण मुद्दामा कारबाही अघि बढाउने तयारी प्रहरीले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us