प्रचण्डमुक्त नेपाल बनाउँछौः साह

काठमाण्डु टुडे २०७७ माघ १० गते १९:२६ मा प्रकाशित

रौतहट, १० माघ– नेकपा ओली समूहका केन्द्रीय सदस्य एवं सहरी विकासमन्त्री प्रभु साहले नेपाललाई प्रचण्डमुक्त देश बनाउने उदघोष गरेका छन् ।

गृहजिल्ला गौरमा शनिबार आयोजित ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्र्दै साहले प्रचण्ड पदको लोभी भएको आरोप लगाए । प्रचण्ड र माधव नेपालका कारण संसद विघटनको अवस्था आएको आरोप साहको थियो । पूर्वमाओवादी नेतासमेत रहेका साहले पूर्वमाओवादी सबैले पार्टी एकता चाहे पनि प्रचण्ड माधव नेपालको पछि लागेको आरोप लगाए ।

पदको लोभमा प्रचण्डले पार्टी एकता भाँडेको भन्दै उनले अन्तर्घातीको आरोप लगाए । ‘अन्तरघातीहरुलाई तह लगाउनुपर्छ’, साहले भने, ‘नेपाललाई प्रचण्डमुक्त देश बनाउनुपर्छ ।’ मन्त्री साहले प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालप्रति पनि कटाक्ष गरे । नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहको खुट्टामा दाम चढाएको आरोप साहले लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us