काँग्रेस प्रतिनिधिसभाको पुर्नस्थापना चाहन्छः कोइराला

काठमाण्डु टुडे २०७७ माघ १० गते १४:३९ मा प्रकाशित

महेन्द्रनगर, १० माघ– काँग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले प्रतिनिधिसभा पुर्नस्थापनाको विकल्प नरहेको बताएका छन् ।

कोइरालाले अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने विश्वास पनि व्यक्त गरे । ‘संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदम हो’, कोइरालाले भने, ‘महेन्द्रनगरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा कोइरालाले भने, ‘नेपाली काँग्रेसले संसद पुर्नस्थापनालाई पहिलो प्राथमिकतामा राखेको छ ।’ संसद पुर्नस्थापना नभए मुलुक लामो राजनीतिक अस्थिरतामा फस्ने कोइरालाको भनाइ थियो ।

कोइरालाले प्रधानमन्त्री केपी ओलीले चुनाव गर्ने मनसाय नराखेका कारण वैशाखमा निर्वाचन हुने भ्रम पाल्न नहुने दाबी गरे ।

नेकपाको दल विभाजन र चुनाव चिन्हसम्बन्धी विवादमा निर्वाचन आयोगले समयमै निर्णय दिन नसक्ने भएकाले चुनावकै कुनै सम्भावना नरहेको उनको प्रष्टोक्ति थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us