आज नेपाल बन्द, बन्दकर्ताद्वारा भ्यानमा आगजनी

काठमाण्डु टुडे २०७७ माघ १० गते ८:४१ मा प्रकाशित

काठमाण्डु, १० माघ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्द आह्वान गरेको छ ।

आफ्ना नेता धर्मेन्द्र बास्ँतोला पक्राउको विरोधमा विप्लव समूहले बन्द आह्वान गरेको हो । यद्यपि बन्दको नगण्य प्रभाव परेको छ । काठमाण्डु उपत्यकासहित देशभरका ठूला सहरमा यातायातका साधन निर्वाध चलेका छन् ।

यस्तै बजार÷पसल पनि खेलेका छन् । गृह मन्त्रालयले सम्भावित अप्रिय घटना हुन नदिनका लागि उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिएको छ । प्रहरीले बाँस्तोलालाई दुई साताअघि ललितपुरबाट पक्राउ गरेको थियो । नेकपा स्थायी समिति सदस्य बाँस्तोलाले आफू सरकारसँग वार्ताका लागि आउन लागेको बयान दिएका छन् ।

यसैबीच बन्दकर्ताले बन्द अवज्ञा गरेको आरोपमा मकवानपुरको हुमाने भञ्ज्याङ नजिकै बलेरो भ्यान जलाएका छन् । हेटौंडाबाट काठमाण्डु आउँदै गरेको बा१३च ७९६९ नम्बरको भ्यानमा शनिबार बिहान आगजनी भएको हो । आगजनीबाट भ्यानमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us