प्रचण्ड–नेपालको शक्ति प्रदर्शनबारे ओलीको टिप्पणीः देशभरबाट डेढ/दुई सय जति मानिस जम्मा पारेछन्

काठमाण्डु टुडे २०७७ माघ ९ गते १७:५९ मा प्रकाशित

काठमाण्डु, ९ पुस– नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले प्रचण्ड–नेपाल पक्षले शुक्रबार राजधानीमा गरेको शक्ति प्रदर्शनबारे होच्याउने खालको टिप्पणी गरेका छन् ।

आफू सम्वद्ध पेशगत संगठनहरुको भेलालाई बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाल समूहले ‘काठमाण्डुमा केही मान्छे जम्मा गरेको’ टिप्पणी गरेका हुन् । त्यति मान्छे ल्याउनु सामान्य रहेको ओलीको भनाइ थियो ।

ओलीले आफूहरुले आगामी २३ माघमा बास्तविक जनप्रदर्शन गर्ने उल्लेख गरे । ‘उहाँहरूको सभामा हामीभन्दा अलिकति बढी मान्छे रहेछन्’, ओलीले भने, ‘देशभरिबाट अलिअलि मान्छे जम्मा गरेछन् ।’ ओली सहभागी कार्यक्रममा करिब डेढ सयको संख्यामा कार्यकर्ता थिए ।

ओलीले डेढ सयभन्दा केही बढी मानिस प्रचण्ड–नेपालको सभामा आएको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us