प्रधानन्यायाधीशका ९५ वर्षीय गुरुले इजलासमा प्रश्न गरेः प्रधानमन्त्रीले जनताको वारेसलाई खत्तम पार्न मिल्छ ?

काठमाण्डु टुडे २०७७ माघ ७ गते १८:०६ मा प्रकाशित

काठमाण्डु, ७ माघ– वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी उमेरले ९५ वर्षका भए । तर, भण्डारीको जोस अझै युवाको जस्तो छ ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदकका तर्फबाट भण्डारीले बुधबार बहसमा भाग लिए । उनले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको तर्क गरे । संसदलाई जनातको वारिसको संज्ञा दिँदै भण्डारीले उक्त वारिसलाई प्रधानमन्त्रीले खत्तम पारेको बताए । प्रतिनिधिसभा विकटनसँगै जनताको वारिस खोसोर सर्वसत्तावाद लादन खोजेकामा आफूलाई दुःख लागेको भण्डारीको भनाइ थियो ।

पार्टीभित्रको झगडालाई आधार बनाएर संसद विघटन गर्नु सासु कुटेर बुहारी तर्साउनुजस्तै भएको टिप्पणी भण्डारीले गरे । ‘प्रधानमन्त्री र उनको पार्टीको लडाइँमा संसद मिचिएको छ । यो उनले छोरी कुटेर बुहारी तर्साउने काम भयो’, भण्डारीले भने, ‘पार्टीभित्रका विरोधीलाई देखाइदिन संसद नै खाइदिने ? संसदको के कसुर थियो र ?’ बहुमतको प्रधानमन्त्रीले कसैले काम गर्न दिएन भन्ने बहानामा संसद विघटन गर्ने अधिकार संविधानले नदिएको उनले स्पष्ट गरे ।

‘प्रधानमन्त्रीले जनताको वारेसमा काम गर्ने हो । कसैले काम गर्न नदिएको भए किन कारबाही नगरेको ?’, उनले प्रश्न गरे, ‘संविधानमै नभएको अधिकार प्रयोग गरेर जनताको वारेस स्वाहा गर्ने ?’

भण्डारीको बहस सुनेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित संवैधानिक इजलासका पाँचै न्यायाधीश चुपचाप बसे । अरु अधिवक्ताले बहस गर्दा बीचबीचमा प्रश्न र प्रतिप्रश्न गर्ने न्यायाधीश र प्रधानन्यायाधीश आफ्नै गुरुसमेत रहेका भण्डारीले प्रतिनिधिसभा पुर्नस्थापना हुनुपर्छ भनेपछि स्तब्ध भएका थिए । भण्डारी जिवित अधिवक्तामध्ये उमेरले सबैभन्दा पाका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us