प्रधानमन्त्री ओलीको प्रष्टीकरणः मैले न्यायाधीश भेटेको छैन

काठमाण्डु टुडे २०७७ माघ ३ गते १६:५५ मा प्रकाशित

काठमाण्डु, ३ माघ– प्रधानमन्त्री केपी ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीश नभेटेको दाबी गरेका छन् ।

ओलीले सपना मल्ल प्रधानलाई कानून व्यवसायी हुँदा भेटेको र त्यसयता नभेटेको बताए । तर, भेटेका भनिएका अन्य तीन न्यायाधीश भने चिन्दै नचिनेको जिकिर गरे ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहकै अवस्थामा शक्ति पृथकीकरणको सिद्धान्तविपरीत मुद्दा प्रभावित पार्ने गरी ओलीले संवैधानिक इजलासमा रहेका चार न्यायाधीशलाई भेटेको समाचार आएको थियो । शुक्रबारको इजलासमा वरिष्ठ अधिवक्ताहरुले न्यायाधीश भेटेको बारे प्रश्न गरेका थिए ।

‘न्यायाधीशलाई भेटेको त के देखेको पनि छैन’, राजधानीमा शनिबार आयोजित नेकपाको ओली पक्षधर भेलामा उनले भने, ‘यसपटक होइन, कहिल्यै भेटेको छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us