नेपालको अहिलेसम्मकै ठूलो साधारण शेयर आजदेखि खुल्यो

काठमाण्डु टुडे २०७७ माघ २ गते ९:३० मा प्रकाशित

काठमाण्डु, २ माघ– नेपालको एक मात्र पूर्वाधार बैंकका रुपमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयर आजदेखि खुलेको छ ।

बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर (आइपीओ) खुला गरेको हो । आगामी मंगलबारसम्म शेयर आवेदन दिने समय छ । यो नेपालमा जारी भएका कम्पनीमध्ये हालसम्मकै सबैभन्दा ठूलो आएपीओ हो । बैङ्कले एनआईबीएल क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि, ४० लाख कित्ता सामूहिक लगानी कोषका लगानीकर्तालाई १ लाख ६० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बैंकले गत ८ मंसिरमा साधारण शेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बोर्डले २४ मंसिरमा साधारण शेयर निष्काशनका लागि अनुमति दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us