ओलीलाई देख्नेबित्तिकै नारायणकाजीले छाडे बैठक

काठमाण्डु टुडे २०७७ पुष २६ गते १६:४२ मा प्रकाशित

काठमाण्डु, २६ पुस– कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओली सहभागी हुने भएपछि प्रचण्ड–माधव नेपाल समूहका नेकपा सांसदले राष्ट्रियसभा बैठक बहिस्कार गरेका छन् ।

ओली राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्न आएपछि नारायाण्काजी श्रेष्ठको नेतृत्वमा नेकपा सांसदहरु बैठक कक्षबाट बाहिरिएका थिए । नेकपा सांसद रामनारायण बिडारीले असंवैधानिक रुपले संसद विघटन गरेका प्रधानमन्त्रीलाई अवज्ञा गर्ने कार्यक्रमअन्तर्गत बहिस्कार गरिएको बताए ।

‘जननिर्वाचित प्रतिनिधिसभा मन नपराएर विघटन गरेका प्रधानमन्त्रीले राष्ट्रियसभा पनि मन पराउनुभएन र हठात अन्त्यका लागि फर्कान जारी गर्नुभयो, ‘उनले भने ‘अर्को कारण असंवैधानिक कदम चालेर गर्नै नमिल्ने काम गरेको हुनाले बहिस्कार गरेका हौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us