प्रधानमन्त्री ओलीविरुद्ध बल प्रयोग !

काठमाण्डु टुडे २०७७ मंसिर २० गते २२:४४ मा प्रकाशित

kp oliकाठमाण्डु, २० मंसिर– नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीमा आफूविरुद्ध प्रचण्ड–माधव नेपाल समूहले जबर्जस्ती गरेको आरोप लगाएका छन् ।

बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा ओलीले पार्टीभित्र बल प्रयोगको अभ्यास भइरहेको बताए । श्रोतका अनुसार उनले आफ्नो चाहनाविपरीत बैठक भइरहेकामा आपत्ति जनाएका थिए ।

‘आज पनि तपाईंहरुले बल प्रयोग गरेरै मलाई बैठकमा ल्याउनुभयो’, ओलीले भने, ‘अब फेरि स्थायी समितिमा जाऔं भन्दै हुनुहुन्छ, किन यस्तो बल प्रयोग ?’ ओलीले आफू र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैको प्रस्तावबारे सचिवालयबाटै निक्र्यौल गरिनुपर्नेमा जोड दिए ।

‘दुवै प्रस्ताव सचिवालयमा छलफल गरेर टुंगो लगाऔं, स्थायी समितिमा रत्यौली खोल्न जाने हो र ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us