गण्डकीमा तीन काेराेना सङ्क्रमितको मृत्य

काठमाण्डु टुडे २०७७ मंसिर २० गते २२:०९ मा प्रकाशित

पोखरा, २० मंसिर– गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ भने ११९ जना सङ्क्रमित थपिएका छन् । मृत्यु हुनेमा पोेखरा महानगरपालिका–१७ का ५७ वर्षीय पुरुष, पोखरा–११ का ७२ वर्षीया महिला र पोखरा–१२ का ८० वर्षीय पुरुष छन् ।

योसँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६६ पुगेको छ ।  प्रदेशमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ५९८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १४० छ भने सात हजार २९२ निको भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us