थप १६ जनाको मृत्यु हुँदा १२७२ संक्रमित थपिए

काठमाण्डु टुडे २०७७ मंसिर १९ गते १६:५५ मा प्रकाशित

काठमाण्डु , १९ मंसिर — आज नेपालमा थप १२ सय ७२ जना संक्रमित थपिएका छन् । योसंगै नेपालका कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज १ हजार ५ सय ७५ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख २१ हजार ८ सय ४७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै २ लाख २१ हजार ८ सय ४७ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १५ हजार ४ सय ४७ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १७ लाख ७१ हजार ९ सय ५० जनाको पिसीआर परिक्षण भएको छ भने १५ हजार ४ सय ४७ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ५ सय ३७ रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us