आज एकै दिन २९ जना कोरोना संक्रमितको मृत्यु

काठमाण्डु टुडे २०७७ मंसिर १६ गते १६:३१ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर -पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट आज थप २१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १३ सय ४ थपिएका छन् । आज २ हजार ७३ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् ।आजसम्म १७ लाख ४६ हजार ३ सय ३० जनाको पिसीआर परिक्षण भएको छ भने १६ हजार ६ सय ३३ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ६ सय १३ रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us