१३ सय ८० कोरोना संक्रमित थपिए, १९ को मृत्यु

काठमाण्डु टुडे २०७७ मंसिर १३ गते १८:४७ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड– १९) का थप १ हजार ३ सय ८० नयाँ संक्रमित थपिएका छन् ।

त्यसमध्ये ८ सय ३४ पुरुष र ५ सय ४६ महिला छन् । कोभिडकै कारण बितेको २४ घण्टामा १९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै सोही अवधिमा कोरोना जितेर घर फर्कनेको संख्या ५ सय १५ छ । काठमाण्डु उपत्यकामा मात्र ६४५ संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडुमा ४८९, ललितपुरमा १२४ र भक्तपुरमा ३६ जनामा कोरोना पुष्टि भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us