सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुन्छ : मन्त्री श्रेष्ठ

काठमाण्डु टुडे २०७७ मंसिर १० गते ११:५१ मा प्रकाशित

मोरङ ,९ मङ्सिर- सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले वर्तमान सरकार पाँच वर्षसम्म ढुक्कले सञ्चालन हुने बताएका छन् ।

विराटनगरमा आज साँझ सञ्चारकर्मीसँग कुुरा गर्दै उनले नेपाली जनताले पाँच वर्षसम्म स्थिर सरकार चलाउने जनादेश दिएकाले नेपालको इतिहासमा यो सरकार पूरा अवधि सञ्चालन हुनेछ भने । मन्त्री श्रेष्ठले मुुलुुकको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि जनताले पार्टीलाई दुुई तिहाई नजिकको जनादेश दिएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार पूर्ण अवधिसम्म चल्ने बताए यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us