उपत्यकामा मात्रै १६ सय कोरोना संक्रमित थपिए

काठमाण्डु टुडे २०७७ कार्तिक १३ गते १७:०२ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा मात्र १ हजार ६ सय १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

काठमाण्डुमा १ हजार ३ सय ३८, ललितपुरमा १ सय ८० र भक्तपुरमा ९७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा सक्रिय संक्रमितको संख्या १६ हजार ५ सय २१ । हालसम्म काठमाण्डुमा २ सय ९, ललितपुरमा ५८ र भक्तपुरमा ६१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us