पोखराकी ३६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

काठमाण्डु टुडे २०७७ कार्तिक १३ गते १०:१२ मा प्रकाशित

कास्की, १३ कात्तिक– कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण पोखरामा एक महिलाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत पोखरा महानगर–१३ की ३६ वर्षीया महिलाको गएराति मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए । गत ५ कात्तिकमा संक्रमण पुष्टि भएपछि ती महिला अस्पताल भर्ना भएकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us