फ्रान्समा दोश्रोपटक लकडाउन घोषणा

काठमाण्डु टुडे २०७७ कार्तिक १३ गते ९:५५ मा प्रकाशित

एजेन्सी– फ्रान्सले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि दोश्रोपटक देशव्यापी लकडाउन घोषणा गरेको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोँले दोश्रोपटक लकडाउन घोाष्णा गरेका हुन् । उनले शुक्रबारदेखि कम्तिमा नोभेम्बरको अन्त्यसम्मका लागि लकडाउन कार्यान्वयनमा रहने बताए । लकडाउनका समयमा मानिसहरुलाई अत्यावश्यक कामबाहेकका लागि बाहिर निस्कन रोक लगाइएको छ ।

लकडाउनमा रेष्टुरेण्ट, होटल तथा बार बन्द रहने छन् । तर, विद्यालय र क्याम्पस भने खुल्नेछन् । फ्रन्समा मंगलबार एकै दिन ३३ हजार जनामा कोभिड–१९ संक्रमण देखिएको थियो ।

राष्ट्रिय टेलिभिजनमार्फश्त देशबासीलाई सम्बोधन गर्दै राष्ट्रपति इमानुएलले महामारी फैलन नदिन निर्मम भएर कदम चाल्नुपर्ने आवश्यकता रहेको बताए । यसैबीच जर्मनीमा पनि आपतकाल घोषणा गरिएको छ । आपतकालका समयमा रेष्टुरेण्ट, जिम र थिएटरहरु बन्द रहनेछन् । स्रोतः बीबीसी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us