१ हजार ९ सय ५४ कोरोना संक्रमित थपिए

काठमाण्डु टुडे २०७७ कार्तिक १२ गते १७:१० मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

८ हजार २ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।  योसँगै कोरोना संक्रमितको कूल संख्या १ लाख ६२ हजार ३ सय ५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ८१ जना कोरोनामुक्त भएका छन् ।

कोरोनामुक्त हुनेको कूल संख्या १ लाख २१ हजार ८ सय २४ पुगेको छ । सक्रिय संक्रमित संख्या भने ३९ हजार ६ सय ४३ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us