दसैंमा प्रचण्डको शुभकामनाः कोरोना महामारी छिट्टै हटेर जाओस्

काठमाण्डु टुडे २०७७ कार्तिक १० गते ९:११ मा प्रकाशित

काठमाण्डु, १० कात्तिक– नेकपाका कार्यकारी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस (कोभिड–१९) को विषम परिस्थितिमा सुरक्षित भएर स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन अपिल गरेका छन् ।

दशैँ, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्वका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । कोरोना महामारीका कारण प्रभावित जनजीवन आगामी दिनमा सामान्य बन्न सकोस् भन्ने कामना उनको छ ।

नेपाली समुदायले मनाउने विभिन्न सांस्कृतिक चाडपर्वले आपसी सहिष्णुता, भ्रातृत्व र भावनात्मक एकता पैदा गर्ने उल्लेख गर्दै प्रचण्डले यिनै चाडपर्वले नेपाली समुदायमा राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पु¥याएको विश्वास व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us