जब काठमाण्डुमा कोरोना संक्रमित खुलेआम घरबाहिर हिंडे…

काठमाण्डु टुडे २०७७ कार्तिक ८ गते ७:२७ मा प्रकाशित

काठमाण्डु, ८ कात्तिक– काठमाण्डु र ललितपुर महानगरपालिका क्षेत्रभित्र कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।

बाक्लो बस्तीले भौतिक दूरी कायम गर्न कठिन भएको तथा दशैँ लगायतका चाडपर्वको चहलपहल र प्रभावले बजारमा नागरिकको बाक्लो उपस्थिति हुुँदा कोरोना सङ्क्रमितको व्यवस्थापनमा चुनौती बढेको हो ।

“सङ्क्रमितलाई अहिलेसम्म आवश्यक सहयोग गर्ने काम गरिरहेका छौँ”, ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले भनिन्, “होम आइसोलेनमा बसेका केही सङ्क्रमित घरबाट बाहिर निस्कन थालेको सुनिएपछि उहाँहरूको उच्च निगरानी गर्ने कामसमेत गरेका छौँं । ” उनले चुुनौती थपिँदै गएकाले चाडबाडका लागि थप मापदण्ड ल्याउनुुपर्ने अवस्था आएको उनले बताइन् ।

ललितपुर रकाठमाण्डु महानगरभित्र गरी दैनिक करिब एक हजार तीन सयदेखि एक हजार पाँच सयसम्म कोरोनाका सङ्क्रमित भेटिन थालेका छन् । सत्यालका अनुसार सङ्क्रमित बढ्दै गएपछि कुन घरमा कसलाई कोरोना लागेको छ भन्ने पनि छिमेकीलाई जानकारी नभएकाले छिमेकीले चाहेर पनि आवश्यक सहयोग गर्न सकेका छैनन् । गाेरखापत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us