मुख्यमन्त्री पौडेलको अवस्था गम्भीर, हेलिकोप्टरबाट काठमाण्डु ल्याइयो

काठमाण्डु टुडे २०७७ कार्तिक ७ गते १५:०४ मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक– स्वास्थ्य अवस्था गम्भीर भएपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई बिहीबार थप उपचारका लागि हेटौंडाबाट हेलिकोप्टरमार्फत काठमाण्डु ल्याइएको छ ।

पौडेललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत शुक्रबार अपराह्न काठमाण्डु ल्याइएको हो । पौडेलको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचार हुने उनको निजी सचिवालयले जनाएको छ ।

पौडेलसहित उनकी पत्नी विजया, दुई चालक, एक सुरक्षाकर्मी र एक कार्यालय सहयोगीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

पौडेललाई श्वास फेर्न समस्या भएपछि थप उपचारका लागि काठमाण्डु ल्याइएको प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us