उपत्यकामा मात्रै ३१ सय ७ जना कोरोना संक्रमितको पुष्टि

काठमाण्डु टुडे २०७७ कार्तिक ५ गते १७:०१ मा प्रकाशित

file photo

काठमाण्डु  , ५ कात्तिक काठमाण्डु उपत्यकामा आज एकै दिन ३१ सय ७ जनामा कोरोना संक्रमण भएको छ । जुन हाल सम्मकै धेरै कोरोना संक्रमितको संख्या हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डुमा आज २३९१ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ५ सय ४३ र भक्तपुरमा १ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, देशभर पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।त्यस्तै, पछिल्लो २४ घण्टामा २९९६ जना संक्रमणमुक्त भएका छन् भने देशभर कोरोनाका बिरामीहरु कुल ९९ सय हजार ६ सय ५ जना निको भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us