उपत्यकामा थपिए २३८८ जना कोरोना संक्रमित

काठमाण्डु टुडे २०७७ कार्तिक ३ गते १६:५५ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक – काठमाण्डु उपत्यकामा आज २३८८ कोरोना संक्रमितको पुष्टि भएको छ । जसमा काठमाण्डुमा मात्र २००८ जना , ललितपुरमा २८९ जना र भक्तपुरमा ९९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै आजसम्म देशभर ४०७७८ सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज २३३५ जना संक्रमणमुक्त भएका छन् । यो सहित देशभर ९४५०१ जना संक्रमणमुक्त भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us