देशभर ३७९० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै २३३५ जना भए कोरोना मुक्त

काठमाण्डु टुडे २०७७ कार्तिक ३ गते १६:४७ मा प्रकाशित

काठमाण्डु , ३ कात्तिक – पछिल्लो २४ घण्टामा नेपालमा थप ३७ सय ९० जना कोरोनाका नयाँ बिरामीको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आजसम्म देशभर ४०७७८ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै आज २३३५ जना संक्रमणमुक्त भएका छन् । यो सहित देशभर ९४५०१ जना संक्रमणमुक्त भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us